बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु


पुस १५,नेपालगञ्ज ।
बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ६६ बर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर २ का ७३ बर्षीय पुरुष र ठाकुरबाबा ९ बर्दियाकी ८५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । ती मध्ये ४५ जना बाँकेका र ७७ जना जिल्ला बाहिरका छन् ।