कर्मचारी सञ्चय कोष–नेपाल बैंक सहमति

पुस १६, काठमाडौं । कर्मचारी सञ्चय कोषका ऋणीहरूले कोषबाट लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम नेपाल बैंकबाट तिर्न सक्ने भएका छन् । यससम्बन्धी दुई पक्षबीच समझदारी भएको छ । सहमतिअनुसार नेपाल बैंकका देशभर रहेका २ सय ३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउन्टरबाट यो सुविधाको उपभोग गर्न सकिनेछ । बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आइरहेकामा अबउप्रान्त कर्जा भुक्तानीको सुविधासमेत उपलब्ध गराइएको हो ।

Translate »