सुनको मूल्य मंगलवार ११०० ले बढ्यो

पुस २१, काठमाडौं ।
मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू.१ हजार १०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९५ हजार ३०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १ हजार १०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९५ हजार ९०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९४ हजार ८०० मा कारोबार भएको थियो । यस्तै, मंगलवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमवार प्रतितोला रू. एक हजार ३२५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू.१० ले बढेको हो ।

Translate »