२०८३ असोज १७ , शनिबार
Sky News Nepal
October 3, 2026

विद्यालयस्तरमा कम्प्युटर इन्जिनियरिङ्ग पढाई शुरु



 

स्काई न्यूज / सुर्खेत २३, पुस ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगर–६, स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (डाँडास्कूल) मा कम्प्युटर इन्जिनियरिङ्गको पढाई शुरु भएको छ । विद्यार्थीको मागलाई सम्बोधन गर्न डाँडास्कूलमा चालु शैक्षिक सत्रदेखि तीन वर्षे कम्प्युटर इन्जिनियरिङ्गको पढाई शुरु गरिएको हो । विद्यालय स्तरमा सुर्खेतमै पहिलो पटक सीटीईभीटीई अन्तर्गत तीन वर्षे कम्प्युटर इन्जिनियरिङ्गको पढाई शुरु भएको छ । अब स्थानीय स्तरमै हरेक वर्ष ४८ जना विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ्ग पढ्न पाउने छन् ।  विद्यालयबाट उत्पादित जनशक्ति प्रदेशमै खपत हुने अपेक्षा राखिएको छ । चालु सत्रको अध्ययन केही समय पहिलेदेखि नै शुरु भएपनि मंगलबार औपचारिक उद्घाटन गरिएको हो । विद्यालयका शिक्षक सुशील रानाक्षेत्रले उद्घाटन कार्यक्रममा सीटीइभीटीइका कर्णाली प्रदेश कार्यालयका उप– निर्देशक एकराज अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधिका थापा, प्राचार्य गणेशकुमार न्यौपाने, वीरेन्द्रनगर नगरपालिका–६ नम्वर वडा सदस्य उपेन्द्र खड्का लगायतको सहभागिता रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ पुस २३ गते बिहीबार
Translate »