संगम सहकारीको अध्यक्षमा पुनः भट्टराई

एसइइमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने शेयर सदस्यका छोराछोरी पुरस्कृत


स्काई न्यूज /पुस २५, सुर्खेत ।
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः डिलाकुमारी भट्टराई अध्यक्षमा चयन भएकी छिन् । संस्थाको शनिबार सम्पन्न तेहौं वार्षिक साधारण सभाले अध्यक्षमा पुनः भट्टराईलाई चयन गरेको हो । सभाले संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्ष विवेककुमार शाही, सचिव ज्योतिकुमारी पौडेल चालिसे, कोषाध्यक्ष शेरबहादुर खड्का तथा सदस्यमा थिरबहादुर शाही, युवराज खत्री, डिलाराम ज्ञवालीलाई चयन गरेको छ । यस्तै विष्णुप्रसाद बास्कोटाको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । समितिको सदस्यमा तृष्णा मल्ल र बालकुमारी पौडेल रहेका छन् । सभामा संस्थाका सचिब रचना कार्कीले आर्थिक वर्ष २०७६/०७७ को प्रगति प्रतिवेदनसँगै आर्थिक वर्ष २०७७/०७८ को संशोधित नीति कार्यक्रम तथा आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित कार्यकमहरु पेश गरेकी थिईन् । त्यस्तै संस्थाका कोषाध्यक्ष शेरबहादुर खड्काले आर्थिक वर्ष २०७६/०७७ को यथार्थ आय–व्यय १ करोड ८५ लाख ५५ हजार पाँच सय ४७ रुपैयाँसँगै आर्थिक वर्ष २०७७/०७८ को संशोधित आय–व्यय दुई करोड ८ लाख ६० हजार दुई सय तथा आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित आय–व्यय दुई करोड २९ लाख ४६ हजार दुई सय २० प्रस्तुत गरेका थिए । संस्थाले शैक्षिक सत्र २०७६ सालको एसइइमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने शेयर सदस्यका छोराछोरी सिम्रन हमाल र रेबस रावल उच्च शिक्षा सफलताको कामना सहित पुरस्कृत तथा सम्मान गरेको छ । यसैगरी संस्थाले असल मासिक बचत शेयर सदस्य करुणा शाही, असल बाल बचतकर्ता युवराज ढकाल र असल उद्यमी शेयर सदस्य तुल्सी पुलामीलाई समेत पुरस्कृत गरेको छ । सभामा समाजसेवी थिरबहादुर शाहीले शेयर सदस्यले एक/एक पैसा गरी जम्मा गरेको बचत रकमलाई सञ्चालकले साधारण सभाको निर्णय तथा संस्थाको नीति नियम अनुसार शेयर सदस्यको आर्थिक तथा सामाजिक विकासका लागि आर्थिक सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा समेत सहकारीले आफ्ना शेयर सदस्यको जीवनस्तर सुधारको बाटोमा अग्रसरता लिने विश्वास व्यक्त गरे । त्यस्तै संस्थाका सल्लाहकार काँशीराम भट्टराईले शेयर सदस्यले आफ्ना दैनिक खर्च कटाई जम्मा गरेको रकम कँहा, कसरी प्रयोग भएको भन्ने खबर साधारण सभामा मात्र होइन हरेक दिन संस्थामा उपस्थित भइ खोजनीति गर्नु सुझाव दिए ।

Translate »