भारतमा आजबाट शुरु भयो कोरोनाविरुद्ध खोप अभियान
माघ ३, नयाँदिल्ली( भारत) ।
भारतमा शनिवारबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको छ । भर्चुअल सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिन लगाउने कार्यक्रमको उद्ध्घाटन गरेका छन् ।उनले कम समयमा नै भारतमै कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण भएको भन्दै भारतीय मेडिकल प्रणाली विश्वमा नै विश्वस्नीय रहेको दावी पनि गरेका छन् । नयाँदिल्लीस्थित एम्स अस्पतालमा कोरोना विरुद्धको पहिलो खोप लगाइएको थियो ।
त्यहाँ एम्स अस्पतालका निर्देशक डा रणदीप गुलेरियाले पहिलो खोप लगाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । टीकाकरण’ नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत बीजेपी सांसद डा महेश शर्मा कोरोना खोप लगाउने पहिलो सांसद बनेका छन् । पहिलो चरणमा ३ लाखभन्दा बढी स्वास्थ्यकर्मीसँगै प्रभावित समूहलाई भ्याक्सिन दिइनेछ । त्यसका लागि हाल २ हजार ९०० भन्दा बढी भ्याक्सि केन्द्र निर्माण गरिएको छ। भारतमै उत्पादन भएको कोभिसिल्ड र कोभ्याक्सिन ‘टीकाकारण अभियान’ मा प्रयोग हुनेछ। ती दुवै भ्याक्सिनले गत जनवरी ३ मा आपतकालिन प्रयोगको स्वीकृति पाएको थियो। भारतमा कोरोना संक्रमण गत वर्षको जनवरी ३० मा देखिएको थियो। हालसम्म भारतमा १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भइसकको छ। एजेन्सीहरु