२०८३ असार २८ , आइतबार
Sky News Nepal
२०८३ असार २८ , आइतबार

सुर्खेत कारगारका कैदीबन्दीद्वारा रक्तदान




स्काई न्यूज /माघ ४, सुर्खेत ।
सुर्खेतमा आवश्यकता अनुसारको रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । जिल्लामै जटिल रोगको उपचार हुने कर्णाली प्रदेश अस्पताल कालागाउँबाट दैनिक बिरामी रगत लिनका लागि रेडक्रसको रक्तसञ्चार केन्द्रमा भौतारिने गरेका छन् । जाडोयाममा रक्तदान गर्ने पनि कम हुने भएकाले पनि रगतको अभाव हुने गरेको हो । कोरोना सन्त्रास कायमै रहेका बेला रक्त अभाव नहुन दिन सुर्खेत कारगारका कैदीबन्दीले रक्तदान गरेका हुन् । नेपाल मानव धर्म सेवा समिति कर्णाली क्षेत्र आश्रम एवं नेपाल रेडक्रस सोसाईटी शाखा सुर्खेतको समन्वयमा आइतबार सुर्खेत कारागारमा भएको बृहत रक्तदान कार्यक्रम मार्फत ६६ प्रिन्ट रगत संकलन भएको छ । आध्यात्मिक जागरण तथा सामाजिक सेवा गर्दे मानव कल्याण गर्ने उद्देश्य लिएको नेपाल मानव धर्म सेवा समितिको पहलमा कारागारका ६६ जना कैदीबन्दीले रक्तदान गरेको समितिका युवा सह–संयोजक बालकृष्ण विसीले बताए ।

उनले बहृत रक्तदान कार्यक्रममा सुर्खेत कारागार प्रमुख लक्ष्मी खरेल, नायव सुब्बा भुवन गौतम, कारागारकै चौकीदार नवराज देवकोटा, नेपाल मानव धर्म सेवा समिति कर्णाली प्रदेशका महात्मा निर्मला बाइजी, अध्यक्ष अग्निधर लामिछाने, रक्त सञ्चार केन्द्र सुर्खेतका ईन्चार्ज देपेन्द्र केसीलगायतको सहकार्य तथा समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएका जनाए । उनका अनुसार रक्तदान गर्ने सबै कैदीबन्दीलाई नेपाल मानव धर्म सेवा समितिका तर्फबाट प्रशंसापत्र समेत प्रदान गरिएको थियो । समितिले ‘रक्तदान जीवनदान आत्म ज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ जिल्लामा रक्त संकलन कार्यलाई अभियानकै रुपमा अगाडी बढाईएको विसीको भनाइ छ ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतबार
Translate »