बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

माघ ९,नेपालगञ्ज।
सुर्खेतका कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७१ वर्षीय पुरुषको आज विहान भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनमा पुष २७ गते कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ८५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Translate »