सल्यानका विपन्न घर परिवारलाई न्यानो कपडा वितरण
माघ ९,सल्यान ।
सल्यानमा विपन्न घर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सल्यानले चिसोबाट प्रभावित भएका अति विपन्न घर परिवारलाई न्यानो कपडा वितरण गरेको हो । गरिब तथा अति विपन्न घर परिवारहरूको सङ्ख्या पहिचान गरेर जिल्लाका १० वटै स्थानीय तहमा पुगेर न्यानो कपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । उनका अनुसार जिल्लाभर १ सय ६५ विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो कपडा वितरणको लागि विपन्न परिवारको पहिचान गर्न स्थानीय तहलाई जिम्मा दिइएको थियो ।
सोही आधारमा अति विपन्न र गरिब घरपरिवारलाई कपडा वितरण गरिएको उनको भनाई छ । तीन वटा नगरपालिका (बागचौर, शारदा र बनगाड कुपिण्डे) २०र२० घर परिवारलाई र ७ गाउँपालिका १५र१५ घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको उनको भनाई छ । न्यानो कपडा पाउँदा विपन्न समुदाय खुशी भएका छन् । जाडोमा न्यानो कपडा पाउँदा खुशी लागेको त्रिवेणी गाउँपालिका–६ का अमर विश्वकर्माले बताए । चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो कपडा पाएपछि खुशी र राहत मिलेको उनको भनाई छ । उनले भने, ‘चिसोमा ओढ्नका लागि कपडाको कमी थियो । आज पाएँ न्यानो हुने भयो खुशी छु ।’ चिसो प्रभावितहरूलाई जिल्लाभर पाँच लाख बराबरको कम्बल तथा कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।