२०८३ असोज १८ , आइतबार
Sky News Nepal
October 4, 2026

कर्णाली प्रदेशमामा बृहत् खानेपानी आयोजना शुरु हुँदै



माघ ११, खलङ्गा । कर्णालीमा बृहत् खानेपानी आयोजना शुरु हुने भएको छ । जुम्ला, मुगु र कालीकोट सो खानेपानी आयोजना सरकारले अघि बढाएको छ ।

संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाले धौलीघाट खानेपानी, कालीकोटको चुलिमालिका खानेपानी आयोजना र मुगु सोरुकोट बृहत खानेपानीबाट यहाँका ८३ हजार जनसंख्या लाभ हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख महेश न्यौपानेले बताए ।

उनले भने, ‘कालीकोट र मुगुको आयोजना ठेक्का प्रक्रिया भई कामको सम्झौता भइसकेको छ ।’ जुम्लाको धौलीघाट खानेपानी आयोजना पनि ठेक्काको तयारीमा रहेको कार्यालय प्रमुख न्यौपानेले बताए । कालीकोटको चुलिमालिका खानेपानी आयोजनाको ठेक्का सम्झौता भइसकेको छ ।

धौलीघाट ठेक्का प्रक्रियामा  
कर्णाली प्रदेशमा बृहत आयोजना मानिने जुम्लाको धौलीघाट  खानेपानी आयोजनाको ठेक्का प्रक्रियामा रहेको छ । सरकारले रू. दुई अर्ब २५ करोड बजेट यसअघि नै विनियोजन गरे पनि स्थानीयस्तरमा एक प्रतिशत बजेट जम्मा गर्न नसकेपछि लामो समय लागेको र सो परियोजना एक दशकपछि अघि बढ्ने भएको छ ।

यहाँको चन्दननाथ नगरपालिका, तातोपानी र गुठिचौर गाउँपालिकाका करीब ५८ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाले जानकरी दिाएको छ ।

सो योजनाका लागि तातोपानी गाउँपालिकाले गुठिचौर गाउँपालिकाले बजेट विनियोजन गरिसकेको छ । चन्दननाथ नगरपालिका विनियोजन गर्ने तयारीमा छ ।

कार्यालयको आयोजनामा लाभान्वित तीन स्थानीय सरकारसहित कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नागरिक समाज अध्यक्ष राजबहादुर महतसहित सरोकारवाला निकायको बैठकले स्थानीय तहले एक हप्ताभित्रै एक प्रतिशत बजेट जम्मा गर्ने र ठेक्कामा जाने प्रक्रिया भएको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमबार
Translate »