सुर्खेतमा अवैध काठसहित १२ जना पक्राउ


स्काई न्यूज /माघ १४, सुर्खेत ।
सुर्खेतमा अवैध काठसहित १२ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय छिन्चुको गस्ती टोलीले गएराती करिब १ बजेतिर जिल्लाकै भेरीगंगा नगरपालिका–१२, मसिनामा लु२ख–२१० नम्बरको ट्रकमा अवैधरुपले लैजाँदै गरेको अवस्थामा करिब ७८ क्यूफिट सालको चिरान काठ सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रक चालक भेरीगंगा नगरपालिका–२, सप्तरीका १८ वर्षीय विकास केसी, सोही ठाउँका १३ वर्षीय योगराज बुढा, १२ वर्षीय हिमाल खड्का, १५ वर्षीय मदन भण्डारी, १४ वर्षीय प्रदीप वली र १३ वर्षीय निराजन विक, २० वर्षीय पदम खत्री, १५ वर्षीय अम्मर डिसी, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली, ३५ वर्षीय सोमबहादुर विक र २० वर्षीय राम वली रहेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतलाई बुझाएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले उनीहरुलाई वन ऐन २०७६ अनुसार विगो जफतसहित जरिवाना र ६ महिना कैद वा दुबै सजाय हुने जानकारी दिए ।

Translate »