बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

माघ २०,नेपालगञ्ज।
दाङका कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको आज विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । मंसिर २९ गते कोरोना पुष्टि भएका उनी पुष १३ गते अस्पताल भर्ना भएका थिए । यो संगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ८८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Translate »