साम्राज्ञी र पुष्पको सुटिङ सेटमा लफडा !

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को छायाँकन सेटमा लफडा भएको खबर बाहिरिएको छ । चलचित्रका निर्माता तथा निर्देशक रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछाने बीच गीतको छायाँकनको बिषयमा उठेको बिबाद हात हालाहाल सम्म पुगेको स्रोतको दाबी छ । निर्माता तथा निर्देशक रमेश एम के ले छायांकनरत चलचित्रको एक आइटम गीतको लागि ५ लाख बजेट तयार गरी त्यस खर्चमा उक्त गीतको छायांकन सकाउन नृत्य निर्देशकलाई जिम्मा दिएका थिए । तर, कोरियोग्राफर रामजी लामिछाने उक्त बजेटको पाँच गुना धेरै खर्च गराएको निर्देशकले गुनासो गुनासो गरेको उनका सहकर्मीले बताए ।

चलचित्र निर्माण टिमका एक सदस्यले लोकान्तरलाई भने, ‘चलचित्रमा बजेट बढ्नुको कारण यस्तो रहेछ । जुन खर्च निर्माताबाट छुट्याइएको हुन्छ त्यसमा उक्त काम सक्नुपर्ने हो । आर्थिक विषयलाई लिएर बिबाद भएको हो । अहिले बिबाद मिलिसकेको छ ।’ निर्माण युनिटका एक सदस्यका अनुसार घटना हिजो सोमबारको हो । नृत्य निर्देशकबाट खासै राम्रो साथ नपाएपछि निर्देशक पौडेलले उनलाई फेर्ने सम्मको सोच बनाएका थिए । तर, छायांकन बिच भागमा आइसकेकाले फेर्ने सम्भावना न्युन रहेको बताइन्छ । निर्देशक एम के ले चलचित्र भित्रैका केहि सदस्यको कारण चलचित्रको खर्च बढ्नुका साथै पटक पटक दुःख पाएको गुनासो गरेका छन् । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको छ भने चलचित्र आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको छ ।(लोकान्तर)

 

 

Translate »