कर्णाली डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा फागुन २१ गते हुँदै

माघ २९, काठमाडौं ।
कर्णाली डेभलपमेण्ट बैंकले १५ औं र १६ औं वार्षिक साधारण सभा फागुन २१ गते गर्ने भएको छ । कम्पनीले सभा मेरो प्लानेट नेपालगञ्जमा बिहान १० बजेबाट शुरु हुने बताएको छ । सभाले आव २०७४र ७५ र २०७५र ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७६र ७७ को लागि लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र नियम २ को उपनियम २ बमोजिम कम्पनीको कार्यक्षेत्र बिस्तार गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै सभाले सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरु चयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन ५ गतेदेखि २१ गतेसम्म बन्द रहने कम्पनीले बताएको छ ।

Translate »