तौल घटाउन डाइट होइन्, सामान्य कुरामा ध्यान दिए पुग्छ

के तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ ? तौल घटाउन डाइट गर्नुभन्दा यी कुराहरुमा ध्यान दिनुहोस् । तपाई बिहानी शुरुवात के बाट गर्नुहुन्छ त्यसमा तौल बढ्ने नबढ्ने कुरा निर्भर हुन्छ । खानामा सामान्य मात्रै ध्यान दिने हो भने तौल कम गर्नको लागि व्यायाम र डाइटको आवश्यकता पर्दैन । सामान्य जीवनशैलीले नै हामीलाई सन्तुलित वजनदार बनाउन सहयोग गर्छ । केही खानेकुरा खाली पेटमा खाँदा तपाईंलाई जलन र एसिडिटीको समस्या हुनसक्छ । साथै तपाईंको तौल कम गर्ने सपना पनि टुट्न सक्छ ।खानाको सन्तुलनलाई पनि विभिन्न कुराले प्रभावित बनाइरहेको हुन्छ । एकातिर कुन समयमा कस्तो खाना खाने भन्ने कुरा सन्तुलित खानासँग सम्बन्धित छ भने खाना खाँदा कति मात्रामा खाने भन्ने कुरा त्यसपछि महत्वपूर्ण कुरा हुन्छ । खाना खाएपछि आराम गर्ने कि परिश्रम गर्ने ?

आउनुहोस्, आज त्यस्ता खानेकुराबारे जानकारी लिऔं
तातो पानी
दिनको शुरुवात कहिले पनि चिसो पेय पदार्थबाट गर्नुहुँदैन । कोल्ड कफी वा आइस टी जस्ता ड्रिङ्क पिउँदा तपाईंको पाचनक्रिया स्लो हुन्छ । यसको साटो मनतातो पानी, कागती वा अदुवाको चिया पिउनुहोस् । यी तीनै तत्वले मेटाबोलिजम बढाउनुका साथै तौल पनि कम गर्छ ।

स्वास्थ्य गेडागुडी
चियाको बिउ, तिलको दाना, सूर्यमुखीको बिउहरूले पेटमा विकास भएको बोसोलाई कम गर्न मद्दत गर्छ । तपाईं आफ्नो आहारमा विभिन्न तरिकाहरू समावेश गर्न सक्नुहुन्छ । तपाईं तिनीहरूलाई भिजाएर वा खाजाको रुपमा पनि विभिन्न परिकार बनाएर खान सक्नुहुन्छ ।

यस्तै, बदाम, ओखर आदि खानेकुरामा फाइबर, प्रोटिन, चिल्लो, भिटामिन र खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । जसले वजन घटाउन र सजिलै शरीरमा रहेको अनावश्यक चिल्लो पदार्थ घटाउन मद्दत गर्छ ।

यस्ता खानेकुराले लामो समयसम्म भोक मेटाउन मद्दत गर्छ वा यसले खाद्य तृष्णालाई कम गर्न मद्दत गर्छ । तसर्थ, आफ्नो आहारमा बदाम, काजु, पिस्ता र ओखर जस्ता चीजहरू समावेश गर्नुपर्छ ।

मसालेदार खाना
बिहान खाली पेटमा मसालेदार खाना खाँदा तपाईंको पेट पोल्न सक्छ । मसालेदार खाना खाँदा पेटमा एसिडिटी पनि बन्न थाल्छ । बिहानको खाना (ब्रेकफास्ट) सधैं हल्का र सादा हुनुपर्छ ।

काँचो तरकारी
तौल घटाउनका लागि धेरैजसो मानिसहरु हरियो सागसब्जी र सलादको सहारा लिन्छन् । यद्यपि, यी खानेकुरालाई काँचै वा खालीपेटमा खानुहुँदैन । यसले पाचन तन्त्र खराब हुनुका साथै, पेट दुख्ने र फूल्नेलगायतका समस्या देखिन्छन् ।

अमिलो फलफूल
अमिलो फलफूल खाली पेटमा कहिले पनि खानुहुँदैन । यसो गर्दा शरीरमा अत्यधिक मात्रामा एसिड बन्न थाल्छ । फलमा फाइबर भरपुर मात्रामा हुन्छ त्यसैले यो खाली पेटमा खाँदा अतिरिक्त भार पर्नसक्छ । यसको साटो दिनको सुरुवात किस्मिश वा भिजाएको बदाम खाएर गर्नुपर्छ । (खोज खबर)

 

Translate »