सेती नदी–६ जलाशययुक्त आयोजनाको सार्वजनिक सुनुवाइ

 

फागुन १९,अछाम ।
सेती नदी–६ जलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनको सार्वजनिक सुनुवाइ चौरपाटी सम्पन्न भएको छ । नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, विद्युत् विकास विभाग काठमाडौंको आयोजनामा चौरपाटी गाउँपालिका र मङ्गलसेन नगरपालिका स्थानीय सरोकारवालासँग अन्तरक्रियासँगै सार्वजनिक सुनुवाइ गरिएको हो । वातावरण अध्ययन कार्य टोली प्रमुख डा.ज्योति प्रसाद गजुरेलले आयोजना निर्माणका लागि हालको अवस्थामा रु।९१ अर्ब रकम आवश्यक रहेको भन्दै मुआब्जाका लागि मात्र ४५ करोड रुपैयाँभन्दा बढी रकम वितरण हुने बताए । डा।गजुरेलले वातावरणीय अध्ययनबाट अछाम र डोटीका विभिन्न स्थानीय तहका ८ सय ८४ घरधुरीमा प्रत्यक्ष असर पर्ने देखिएकाले सबै घरधुरीलाई सरकारले उचित व्यवस्थाका साथ मुआब्जा दिने बताए । आयोजना निर्माण गर्दा हालको अवस्थासम्म १ लाख ४१ हजार रुख काट्नु पर्ने, थुप्रै खेतीयोग्य जमिन, पानी घट्ट, गाई,गोरुको गोठ समेत डुबानमा पर्ने भएकोले सरकारले सबैको क्षतिपूर्ति दिने विद्युत् विकास विभागका इन्जिनियर राकेश श्रेष्ठले बताए । चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले आयोजनाबाट क्षति हुन जाने सम्पूर्ण समुदायका लागि उचित मुआब्जाको व्यवस्था गर्नुपर्ने र आयोजना निर्माणका लागि स्थानीयवासीले सहयोग गर्न आग्रह गरे ।

Translate »