अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गयो

फागुन १९,अछाम ।
अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला बस्ने जक्ति कामीकी श्रीमती बर्ष ५३ की धर्मादेबी कामीको घाँस काट्न गएका बेला भीरबाट खसेर ज्यान गएको त्यहाँका स्थानीय अगुवा जनक बटालाले जानकारी दिए । भीरबाट करिब २ सय मिटर तल खस्दा टाउकोमा गम्भीर चोट लागेर उनको घटनास्थलमै ज्यान गएको हो ।
मृतक कामीका श्रीमान् २ छोरा र ४ छोरी रहेका छन् ।

Translate »