सुर्खेतका प्रजिअ रेग्मीको विदाई, रिजाललाई स्वागत

स्काई न्यूज /फागुन १९, सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई विदाई गरेको छ । प्रशासन कार्यालयले विदाई कार्यक्रमको आयोजना गरि रेग्मीलाई विदाई गरेको हो । विदाई कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलगायतको सहभागिता रहेको थियो । रेग्मीको कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ ।

यसैवीच बुधबार जिल्ला प्रशासन कार्यालयले स्वागत कार्यक्रमको आयोजना गरि सुर्खेतका नयाँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई स्वागत गरेको हो । गृह मन्त्रालयबाट पदास्थापन भई आएका प्रजिअ रिजाललाई सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलगायतले स्वागत एवं आगामी कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रजिअ रिजालले कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी रुपमा सञ्चालन गर्न समेत निर्देशन दिए ।