सरकार र नेकपा बीचको सहमतिमा हस्ताक्षर

‘आजको कामको ठूलो उपलब्धी भनेको हिंसात्मक गतिविधि छैन, शान्ति छ भन्ने हो’

फागुन २१, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीवार भएको सहमतिमा शुक्रवार हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’ मा हस्ताक्षर गरे। दुवैपक्ष बीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीन बूँदे सहमति भएको थियो । रासस

Translate »