२०८३ कात्तिक २८ , शुक्रबार
Sky News Nepal
November 13, 2026

फोहर व्यवस्थापनका लागि डस्टविन वितरण



फागुन २१,अछाम ।
अछामको मेल्लेख बजार र आसपासको क्षेत्र सरसफाइ राख्न र फोहर व्यवस्थापन गर्न मेल्लेख बजारका लागि फलामका डस्टविन वितरण गरिएको छ। मेल्लेख गाउँपालिकासंगको समन्वयमा आस्था नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तर्गत डस्टविन वितरण गरिएको हो। डस्टविन आस्था नेपाल फिल्ड अधिकृत भ्वान सिंह सार्कीले मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही र वडा नम्बर ५ का वडा अध्यक्ष रमेश बहादुर खड्का मार्फत एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरे। डस्टविन मेल्लेख बजार, मेल्लेखका कार्यलयहरुमा र सार्वजनिक स्थलमा राखिएका छन् । डस्टविनले फोहर मैला व्यवस्थापनमा सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष शाहले बताए ।

प्रकाशित मिति : २०७७ फागुन २१ गते शुक्रबार
Translate »