समाजद्वारा मानवसेवा आश्रमलाई एक लाख सहयोग


स्काई न्यूज /फागुन २१, सुर्खेत ।
कर्णाली प्रदेश समाज जापानद्वारा मानवसेवा आश्रम सुर्खेतलाई एक लाख रुपैयाँ नगद सहयोग गरिएको छ । लायन्स क्लब अफ सुर्खेत दोभानचौनको समन्वयमा समाजले शुक्रबार एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद सहयोग गरेको हो । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमजेएफका को–अर्डिनेटर टिकाराम चपाईले आश्रमका प्रदेश संयोजक सिर्जना ओलीलाई समाजद्वारा सहयोग गरिएको नगद रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य उत्तम शर्माले मानव सेवाका लागि समाजले गरेको सहयोगको प्रशंसा गरे । कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले आउॅंदा दिनहरूमा समेत कर्णाली प्रदेशमा यस्तै थुप्रै सेवामूलक कार्यहरू गर्ने बताए । कार्यक्रममा लायन्स क्लब अफ सुर्खेत दोभानचौनका उपाध्यक्ष शोभा बस्नेत, मोटे ग्यांग नेपाल, तनाव छ जिन्दगीलगायतका सामाजिक क्षेत्रमा सक्रिय अभियान्ताहरुको सहभागिता रहेको थियो ।


Translate »