कर्मचारी यूनियनद्वारा सचिव रेग्मी र उपसचिव पोखरेलको स्वागत


स्काई न्यूज/ फागुन २१, सुर्खेत ।
नेपाली काँग्रेस आवद्ध नेपाल निजामति कर्मचारी यूनियन (संघ) ले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं उप सचिवलाई स्वागत गरेको छ । यूनियन जिल्ला कार्य समिति सुर्खेत र कर्णाली प्रदेश समितिले संयुक्तरुपले शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हिरालाल रेग्मी र उपसचिव दिव्यराज पोखरेललाई स्वागत तथा आगामी सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । सचिव रेग्मी हालै जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सरुवा भएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा आएका हुन् । स्वागत कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रिय सदस्य सुसिल केसी, नेपाल निजामति कर्मचारी यूनियन (संघ) का केन्द्रीय सदस्य हरि पौडेल, गणेश थापा, प्रदेश उपाध्यक्ष विकेन्द्र ढकाल, सह–सचिव धर्मवीर पल्ली, जिल्ला कार्य समिति अघ्यक्ष राजेश बुढा, उपाध्यक्ष रंगवीर रोकाय, सचिव मेघनाथ सापकोटा, रामप्रसाद लामिछाने विनोद भण्डारी लगायतले स्वागत तथा शुभकामना दिएको यूनियनका कर्णाली प्रदेश समिति सचिव काशीराम भट्टराईले स्काई न्यूजलाई जानकारी दिए । उनले भेटमा नवनियुक्त सचिव रेग्मी र उपसचिव पोखरेलले कर्णालीको आर्थिक समृद्धि तथा उन्नयनका लागि सबै पक्षसँग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने विचार व्यक्त गरेको बताए ।

Translate »