दुई मिनी ट्रक एक-आपसमा ठक्कर खादा एक जना घाइते

स्काई न्यूज फागुन २२, सुर्खेत ।
कोहलपुरबाट सुर्खेत जाँदै गरेको मनी ट्रक र सुर्खेतबाट कोहलपुर आउँदै गरेको मिनी ट्रक एक–आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् । कोहलपुरबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख–०२५६ नं।को मिनी ट्रक र सुर्खेतबाट कोहलपुर आउँदै गरेको बा५ख ४२०४ नं।को मिनी ट्रक सुर्खेतको छिन्चुमा एक–आपसमा ठक्कर खाँदा कर्णाली प्रदेश ०२–००१ख–०२५६ नं।को मिनी ट्रक अनियन्त्रित भई १० मिटर तल खस्दा मिनी ट्रक चालक जाजरकोट जिल्ला बारीकोट गाउँपालिका वडा नं.८ बस्ने शेरबहादुर सिंह घाइते भएका हुन ।

घाइते मिनी ट्रक चालक सिंहको कुमको भाग र टाउकोमा चोट लागेको र उनको उपचारको लागि प्रदेश नं।२ का प्रदेश प्रमुख राजेश झाको गाडीमा कोहलपुर मेडिकल कलेज दशविगाहामा पठाइएको प्रहरी जवान सुरेन्द्र रेग्मीले जानकारी दिए । घाइते मिनी ट्रक चालकको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।