सल्यानमा दुई लाख बढी भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप

फागुन २९,सल्यान ।
सल्यानका २ लाखभन्दा बढी भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ । जिल्लाका १० वटै स्थानीय तहका दुई बढी पशुलाई खोप लगाइएको छ । भेडा बाख्रालाई सङ्क्रामक रोगविरुद्ध दुई लाख ४९ हजार भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । भेडा बाख्रामा रोगको महामारी फैलन नदिन खोप अभियान सञ्चालन गरी पिपिआर विरुद्धको खोप लगाएको कार्यालयका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । उनले भने, ‘पिपिआर एक प्रकारको हैजा रोग हो । नाक र आँखामा बाक्लो केस्रा आउने, सिँगान आउने, गिजामा घाउ हुने, अत्यधिक ज्वरो आउने, झोक्राउने जस्ता लक्षण देखा पर्छन् । यो सरुवा रोग हो ।’

कार्यालयका अनुसार बागचौर नगरपालिकामा ३० हजार, बनगाड कुपिण्डे नगरपालिकामा २५ हजार, शारदा नगरपालिका ३० हजार, कालीमाटी गाउँपालिकामा ३० भेडा बाख्रामा पिपिआर विरुद्धको खोप लगाइएको छ । यस्तै २ लाख ४९ हजार कपुरकोट गाउँपालिका २० हजार, त्रिवेणी गाउँपालिकामा २०, छत्रेश्वरी गाउँपालिका २० हजार, सिद्ध कुमाख गाउँपालिकामा २५ हजार , कुमाख गाउँपालिकामा २० हजार र दार्मा गाउँपालिकामा २० भेडा बाख्रालाई खोप लगाइएको कार्यालय प्रमुख उपाध्यायको भनाई छ । सल्यानका लागि २ लाख ६४ हजार भ्याक्सिन आएकोमा आपत्कालका लागि १५ हजार स्टक राखिएको उनको भनाई छ । सल्यानमा ४ लाख ७६ हजार बाख्रा र २६ हजार भेडा रहेको कार्यालयले जनाएको छ । दुधमा सबै प्रकारको रोग विरुद्ध लड्न सक्ने क्षमता हुने भएकाले तीन महिनाभन्दा साना पाठा पाठीलाई खोप दिनु नपर्ने उनले बताए । यस्तै ब्याउने बाख्रालाई पनि किसानहरू पिपिआर खोप लगाउन इच्छुक नदेखिएको उनको भनाई छ ।

 

Translate »