दाहाल माओवादी केन्द्र संसदीय दलको नेता चयन

दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मा चयन


चैत ३,काठमाडौं ।
नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो । एमालेसँग एकीकरण हुनुअघि पनि उनी दलको नेता थिए । दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन भएका हुन् । संसदीय दलको उपनेता र सचेतक चयन भने चयन गरिएको छैन । संसद सचिवालयले संसदीय पदाधिकारीको नाम मागेपछि माओवादी केन्द्रले पदाधिकारी चयन गरेको हो ।

Translate »