दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या


चैत ४, नयाँदिल्ली ।  भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ । भारत स्थित नेपाली दूतावासका उपनियोग प्रमखु रामप्रसाद सुवेदीका अनुसार दिल्लीको मजनुका टीलामा नुवाकोट दुप्चेश्वर स्थायी घर भएकी मिना तामाङको हत्या भएको हो । मजनुका टीलामा उनले ४ वर्षदेखि पसल सञ्चालन गर्दै आइरहेकी थिइन् । वुधबार विहान करिव ६ः३० बजेतिर मोटरसाइकलमा आएका दुई जना व्यक्तिले लुटपाट गर्न खोजेको र प्रतिकार गर्न खोज्दा गोली हानी हत्या गरेको बताईएको छ । उनका श्रीमान् र दुई सन्तान दिल्लीमा बस्दै आएका छन् । घटनाबारे नेपाली दूतावास दिल्लीले दिल्ली प्रहरीका उच्च अधिकारीलाई सम्पर्क गरी घटनाबारे छानविन गरी दोषीलाई तत्काल पक्राउ गर्न आनुरोध गरेको सुवेदीले बताए । यता घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको पनि भारतीय प्रहरीले जानकारी दिएको छ । प्रहरीले लुटेराहरुको खोजी भइरहेको बताएको छ ।

Translate »