राष्ट्रिय जनगणना कार्यालय स्थापनाः दैलेखमा मात्र खुल्यो ४२० जनालाई रोजगारी


चैत ५,दैलेख ।
दश बर्षपछि सुरु हुन लागेको राष्ट्रिय जनगणना अभियान सफल पार्नका लागि दैलेखमा जिल्ला जनगणना कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले कार्यालय उद्घाटन गर्दै आम नागरिकहरुलाई जनगणनामा भाग लिन आह्वान गरे । दश बर्ष पछि सुरु भएको जनगणनाले बिभिन्न बिषयहरुमा योजना निर्माण गर्न, राज्यले नीति बनाउन सहयोग पुग्ने भएकोले सबैले जनगणनामा भाग लिन जिल्ला जनगणना अधिकारी मोतिराम रोकायले आग्रह गरे। जनगणनाका लागि बेरोजार युवा युवतीहरुले सुपरीवेक्षक र गणकका लागि रोजगारी पाउने भएका छन् । दैलेखमा मात्रै ४ सय २० जना युवा युवतीहरुले २ महिनाका लागि रोजगारी पाउने भएका छन् । देशैभर अनलाइनमार्फत दरखास्त आह्वान गरिएको छ ।