शिक्षा विभाग कर्णाली संयोजकमा डा.मल्ल


स्काई न्यूज / चैत ५, सुर्खेत ।
नेपाली काँग्रेस शिक्षा विभागले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा.महेन्द्रकुमार मल्ललाई कर्णाली प्रदेश संयोजकमा मनोनित गरेको छ । काँग्रेसले तयार पारेको ‘राष्ट्रिय शिक्षा नीति’ को प्रारम्भिक प्रतिवेदन सुझाव संकलनका लागि शिक्षा विभाग सदस्य समेत रहेका डाक्टर मल्ललाई कर्णाली प्रदेश संयोजकमा मनोनित गरेको हो । काँग्रेस शिक्षा विभागले सुदूरपश्चिम प्रदेश संयोजकमा सुरेशराज जोशी, लुम्विनी प्रदेशमा राधेश्याम पाठक, गण्डकी प्रदेशमा चिनु रानाभाट, बाग्मती प्रदेशमा दिपेन्द्र सिजापती, प्रदेश २, मा रघुप्रसाद सिं थारु र प्रदेश १, मा गोकर्ण बानियालाई संयोजकमा मनोनित गरेको छ । गत फागुन २८ गते बसेको नेपाली काँग्रेश शिक्षा विभागले ‘राष्ट्रिय शिक्षा नीति’ को प्रारम्भिक प्रतिवेदनमा व्यापक छलफल गरि सुझाव संकलन गर्नका लागि सात वटै प्रदेशमा संयोजक तोकेको हो । मनोनित संयोजकले आ–आफ्नो प्रदेशमा ‘राष्ट्रिय शिक्षा नीति’ को प्रारम्भिक प्रतिवेदन माथि व्यापक छलफल गरि सुझाव संकलन गरेर विभागमा बठाउनु पर्नेछ । देशभरीबाट प्राप्त राय सुझावका आधारमा काँग्रेसले तयार पारेको ‘राष्ट्रिय शिक्षा नीति’ कार्यान्वयनमा मद्दत पुग्ने शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले बताए । उनले बैठक नेपाली काँग्रेस शिक्षा विभाग प्रमुख हरिप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न भएको जानकारी दिए ।

Translate »