२०८३ भदौ २७ , शनिबार
Sky News Nepal
September 13, 2026

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त




स्काई न्यूज /चैत ६, सुर्खेत ।
कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको उपस्थितिमा शुक्रबार (आज) उच्च अदालत सुर्खेतका निमित्त मुख्य न्यायाधिस राजेश्वर तिवारीले एक समारोहका वीच खनाललाई मुख्य न्यायाधिवक्ताको पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

 

यसअघि मुख्यमन्त्री शाहीले संवैधानिक व्यवस्था अनुसार धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसको आधारमा प्रदेश प्रमुख कलौनीले मुख्य न्यायाधिवक्तामा खनाललाई नियुक्त गरेका हुन् । यसअघिका मख्ुय न्यायाधिवक्ता विद्याभुषण मानन्धरको फागुन १३ गतेदेखि लागु हुने गरि राजीनामा स्वीकृत भएपछि खाली रहेको स्थानमा खनाललाई नियुक्त गरिएको हो ।

 

प्रकाशित मिति : २०७७ चैत ६ गते शुक्रबार
Translate »