सडक पुल नबन्दा डोल्पामा ढुवानी समस्या

 

चैत ६,जाजरकोट ।
जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने दर्जन बढी खोलामा सडक पुल नबन्दा दैनिक उपभोग्य सामाग्री ढुवानीमा समस्या भएको छ । जसका कारण डोल्पामा उपभोग्य सामग्रीको मूल्य बढेको छ । नेपालगन्जदेखि डोल्पासम्म सामान ढुवानी गर्दा विभिन्न खोलामा पल्टी गर्नुपर्ने भएपछि ढुवानीमा समस्या भएको उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालिमान बुढाले बताए । खोलामा पुल नहुँदा मजदुर लगाएर सामान वारपार गराउने गरिएको समेत बताए ।

वर्षाका कारण ठाउँ ठाउँमा बाटो बिग्रँदा र पहिरो जाँदा थप स्थानमा पल्टी गरी सामान ढुवानी गर्नुपर्ने समस्या छ । सडकको तल्लुबगर, खदाङ, छलगाड र त्रिपुराकोट, राडी, चौका, करपगाड, नलगाड लगायत खोला तथा नदीमा सडक पुल नहुँदा दर्जन बढी स्थानमा सामान पल्टी गर्नुपर्ने गरिएका कारण डोल्पामा दैनिक उपभोग्य सामग्रीको मूल्य २५ देखि ३० प्रतिशतसम्मले वृद्धि भएको अध्यक्ष बुढाले बताए ।

Translate »