कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध


स्काई न्यूज /चैत ७, सुर्खेत ।
कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेश स्थित अत्तरिया ग्रिड शाखाले ३३ केभि साइडको ट्रान्सफर्मरदेखि बसबारसम्मको कन्डक्टरहरु बदली (अपग्रेड) गर्ने कार्य भईरहेकाले प्रदेश राजधानी सुर्खेतसहित दैलेख, जाजरकोट र सल्यान जिल्लामा विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले आज (शनिबार) बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म  पूर्णरुपमा विद्युत अबरुद्ध हुने बताएको छ । सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले यी चार वटै जिल्लामा कोहलपुर सुर्खेत ३३ केभि प्रशारणलाइन अन्तर्गत पर्ने जुनसुकै ठाउँमा सानो समस्या आउँदा पनि कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध हुने समस्या रहेको बताए । उनले अत्तरिया ग्रिड शाखाले आफु अन्तर्गत रहेको कोहलपुर १३२/३३ केभि सवस्टेशनको ६३ एमभिए ट्रान्सफर्मर १ को कन्डक्टरहरु बदली (अपग्रेड) कार्य गर्ने भईरहेकाले  विद्युत अवरुद्ध भएको जनाए । यता वितरण केन्द्रका ईन्जिनियर राजेश रञ्जितले छिन्चु नजिकै तोलिखोलामा गएराती देखि तार चुडिएकाले मर्मतको काम भईरहेको बताए । उनका अनुसार अहिले त्यहाँ प्राविधिक टोलीबाट मर्मत कार्य चलिरहेकाले दिउँसोसम्म विद्युत नियमित हुने अपेक्षा राखिएको छ ।

Translate »