लगानी जुटाउन मप विश्वविश्वविद्यालय र नेउवामहासंघ वीच सम्झौंता

स्काई न्यूज / चैत ८, सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सर्खेत र नेपाल उद्योग वाणिज्य महासंघ वीच लगानी जुटाउन सम्झौंता भएको छ । विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र महासंघको कर्णाली प्रदेश समिति वीच शनिबार वीरेन्द्रनगरमा आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरण गर्न सहयोग गर्नका लागि द्विपक्षिय सम्झौता भएको हो ।

मुसोमको तर्फबाट निर्देशक डा. सुशिलकुमार शाही र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष पदमबहादुर शाहीले सम्झौंता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, रजिष्ट्रार नारायणप्रसाद पौडेल, कर्णालीका उद्योगी व्यापारीलगायतको उपस्थिति रहेको थियो । सम्झौंता पश्चात अब कर्णालीको आर्थिक तथा शैक्षिक समुन्नतीका लागि विभिन्न १७ वटा बुदाँहरुमा सहकार्य तथा समन्वय हुने उल्लेख छ । सम्झौंताको अवधि ५ वर्षको रहने बताईएको छ ।

Translate »