बाँकेमा पाटेबाघको छालासहित ४ जना पक्राउ


स्काई न्यूज /चैत ९, बाँके ।
बााँके प्रहरीले पाटेबाघको छालासहित ४ जनालाई पक्राउ गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका १ च्यामाबाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का ५० वर्षका गंगाबहादुर खत्री, सोही ठाउँकै २० वर्षका प्रकाश खत्री, दैलेख भगवतीमाइ गाउँपालिका ४ का ३९ वर्षका चन्द्र अधिकारी र जुम्लाको तीला गाउँपालिका ४ का ३८ वर्षका जयलाल नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पाटेबाघको छाला र हड्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चिसापानी तर्फबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरुको खानतलासी गर्दा नेपालीले बोकेको झोलामा पाटेबाघको छाला १ र गंगाबहादुर खत्रीले हातमा समातेको प्लाष्टिकको बोराभित्र बाघको हड्डी २ किलो ५०० ग्राम फेला पारेको हो । थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाएको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कसुर प्रमाणितभएमा एक लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ ।

Translate »