खाद्य अधिकार सम्बन्धि मस्यौदा पेश

स्काई न्यूज / सुर्खेत १०, चैत्र ।
खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको फियान नेपालले खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई प्रस्तावित मस्यौदा बुुझाएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा फियान नेपालका केन्द्रिय अध्यक्ष अमरबहादुर ऐरले मन्त्री केसीलाई नमुना मस्यौदा बुुझाउँदै विकट तथा पिछडिएको क्षेत्रमा गरिवी र भोकमरीले खाद्य तथा पोषणको अभाव झेल्न नपरोस् भन्ने उद्देश्यबाट फियानले खाद्य अधिकार तथा सम्प्रभुुता सम्बन्धि नियमावली पेश गरेको बताए । उनले नमुना मस्यौदाले खाद्य तथा पोषण सुरक्षाका योजना तथा नियमावली बनाउनमा नमुना नियमावलीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा फियान नेपालका केन्द्रिय अध्यक्ष ऐर, निर्देशक अशोकबहादुर सिंह, क्षेत्रीय संयोजक सुरेश गौतम, कर्णाली प्रदेशका वादी समुदायका प्रतिनिधि, जिल्ला खाद्य अधिकार सञ्जालका संयोजक जगतकुमार केसी, भूमि अधिकार मञ्च सुर्खेतका अध्यक्ष राजेन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।

Translate »