आफ्नै बुहारीलाई आगो लगाउने पक्राउ


स्काई न्यूज /चैत १०, बाँके ।
बाँके प्रहरीले आफ्नै बुहारीलाई आगो लगाएर फरार हुने हनिफ शेष ढपालीलाई पक्राउ गरेको छ । आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्की आगो लगाई फरार भएका अभियुक्त नरैनापुर गाउँपालिका–२ बस्ने ७५ वर्षीय ढपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरी टोलीले सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका पीडितका श्रीमान् र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।

Translate »