चीनीको निर्यात बढाउने तयारीमा भारत

 

चैत ११, नयाँदिल्ली ।
भारतले अन्तरराष्ट्रिय बजारमा चीनीको मूल्य निरन्तर बढ्न थालेपछि यसको निर्यात बढाउने तयारी गरिरहेको छ । निर्यात बढाउन सरकारले फेरि मलेशिया तथा इण्डोनेशियाको सरकारसँग वार्ता शुरु गरेको छ । हालसम्म ४३ लाख मेट्रिक टन चीनी निर्यातका लागि सम्झौता भइसकेको छ । केहि महीना यता अन्तरराष्ट्रिय बजारमा चीनीको मूल्य बढीरहेपछि माग पनि बढेको छ । त्यहाँको सरकारले ६० लाख मेट्रिक टन चीनी खरीद गर्ने लक्ष्य राखेको छ । जसमध्ये आधिभन्दा धेरै चीनी आयात भइसकेको छ । ब्राजिलबाट चीनी निर्यात हुने गरेकोमा विविध कारणले रुकावट आएपछि अन्तरराष्ट्रिय रुपमै भारतीय चीनीको माग बढेको छ । भारतमा यो वर्ष उखु खेती अपेक्षाकृत रुपमा बढेकाले चीनीको उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ । एजेन्सी

 

Translate »