बाँकेमा अत्यावश्यक काम बाहेक सीमापारी जान रोक

चैत १२,नेपालगञ्ज।
बाँकेमा अत्यावश्यक काम बाहेक सीमापारी जान रोक लगाइएको छ । भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेले अत्यावश्यक काम बाहेक भारत जान रोक लगाउने निर्णय गरेको हो । सीमावर्ती क्षेत्रमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न रोक लगाउँदै जिल्लाका सबै सुरक्षा संयन्त्रलाई परिचालन गरिएको छ । भारतबाट आएका नागरिकलाई चेकजाँच गरी १० दिन क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरिएको छ । भेरी अस्पताल लगायतका स्वास्थ्य संस्थामा रहेका आइसोलेसनलाई प्रभावकारी बनाउने, जिल्लाका आठ वटै स्थानीय तहमा यसअघि सञ्चालनमा आएका क्वारेन्टाइन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, कोभिड विरुद्धको जनस्वास्थ्यका मापदण्ड पालनाका लागि समुदाय तहमा ब्यापक प्रचारप्रसार र चेतनामूलक सन्देश प्रवाह गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

Translate »