भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्षमा काँशीराम


स्काई न्यूज/ चैत १३, सुर्खेत ।
भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा काँशीराम भट्टराई निर्वाचित भएका छन् । प्रतिष्ठानको शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनले ३ वर्षे कार्यकालका लागि काँशीरामलाई प्रदेश अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा आनन्द उपाध्याय एवं देवकुमारी भट्टराई, सचिव सोम भट्टराई, सह–सचिव भागिराम शर्मा, कोषाध्यक्ष रामलाल भट्टराई तथा सदस्यहरुमा हिमालय भट्टराई खत्री, शालिकराम भट्टराई, लक्ष्मणचन्द्र भट्टराई, सुवर्ण भट्टराई, नविन भट्टराई, पुरिचन्द्र भट्टराई, शर्मिला भट्टराई, हुमलाल भट्टराई, गिता भट्टराई, शोभा भट्टराई, रोशन भट्टराई, प्रेमप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, सुशिल भट्टराई र रमा भट्टराईलाई निर्वाचित गरेको छ । महाअधिवेशन प्रतिनिधिमा ललित भट्टराई, सुवर्ण भट्टराई र भागिराम भट्टराईलाई निर्वाचित गरेको प्रतिष्ठानले बताएको छ ।

यसअघि भट्टराई कुलवंश प्रतिष्ठान केन्दिय सदस्य यज्ञप्रसाद उपाध्याय, बालकृष्ण भट्टराई मनिराम भण्डारी, रेशम भण्डारी, ललित भट्टाराई, गंगाराम भट्टराईले कर्णालीमा भट्टराई कुलवंश प्रतिष्ठानको विकास तथा समृद्धिका लागि भट्टराई समुदाय नै अगाडि आउँदै हातेमालो गर्न आवश्यक रहेको औल्याए । उनीहरुले अधिवेशनको सफलताको कामना गर्दे आपसी भाईचारा, सद्भाव एवं उन्नत समाजका लागि भट्टराईहरु गोलबन्दी आवश्यक रहेको बताए । अधिवेशनले कर्णाली प्रदेशमा वसोवास गर्ने भट्टाराईहरुको वंशावलीमा समवेश नभएका परिवारको खोज अनुसन्धान गरी वंशावलीमा समावेस गर्न सबैलाई अनुरोध गरिने निर्णय गरेको छ । अधिवेशनमा सुर्खेतसँगै दैलेख, जाजरकोट, कालिकोट, जुम्ला र सल्यान जिल्लाका भट्टराई कुलवंश प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Translate »