नेपालमा फोक्सो सम्बन्धि क्षयरोगीको संख्या बढ्दै


स्काई न्यूज/ चैत १६, काठमाडौं ।
नेपालमा सबैभन्दा बढी फोक्सोको विरामीको संख्या बढ्दै गईरहेको छ । पछिल्लो समय नेपालीले फोक्सोलाई असर पर्ने खालका प्रतिकुल आहार–विहार बढी गर्न थालेपछि दिनप्रतिदिन क्षयरोगीको संख्या समेत बढ्दै गएको हो । यद्यपि हालै क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ क्षयरोग दिवस नेपालीसहित विश्वभर मनाईएको थियो । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन् जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म अस्तित्वमा रहेको छ । आज चिकित्सा विज्ञान लगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि बिश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको किटाणुको संक्रमण हुने गरेको छ । बिश्वमा प्रत्येक वर्ष ८० लाख नयाँ क्षयरोगी थपिने गरेको र २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको तथ्यांक छ । नेपालमा क्षयरोगको तथ्याकं झन भयावह छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु थपिने गरेका छन् । यसै गरी झण्डै ५ देखि ७ हजार नेपालीको क्षयरोगकै कारण बर्षेनी मृत्यु हुने गरेको तथ्याकं छ । क्षय रोग विभिन्न प्रकारका हुने गरेका छन् । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने गरेको छ । अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका क्षयरोग हुने गर्दछन् ।

Translate »