गम्कि रहेको मेरो देशको माटो

(कविता)

गम्कि रहेको मेरो देशको माटो

गम्कि रहेछ माटो; ‘साहेद मेरो देशको ।

आभाश शुभाषको; मेरो मनभित्र यस्तो ।

अल्झि रहेछ श्वास श्वासमा; यो प्रित कस्तो ।

भेटिन अर्को कतै ; मेरो जन्मभूमि जस्तो ।

ज्योति पुञ्ज झैं ती दिव्य आँखा; चम्कि रहेको ।

शान्तिको पथमा; बुद्ध अझै लम्कि रहेको ।

देख्छु म बुझ्छु; मेरो जन्मभूमिको महत्व ।

जन्मलिएर मैले देशलाई; के छ दिएको ?

फिर्नेछु गाँउ आफ्नै; बस्दिन परदेस भो ।

गर्नेछु कर्म यस्तो; बनि उदाहरण देशको ।

चन्द्र सूर्य अंकित ध्वज; बनोस् सान मेरो ।

आखिरी आफ्नै माटोमा; जाओस् प्राण मेरो ।

सुरज प्रसाद सापकोटा
पनौती नगरपालिका-२, काभ्रेपलाञ्चोक घर भई हाल वैदेशिक रोजगारीका लागि कतारको सनैया ।

Translate »