तत्काल लकडाउन गर्ने योजना छैन : स्वास्थ्यमन्त्री त्रिपाठी
चैत २४, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको बताएका छन् । प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलवारको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको भन्दै त्यसलाई रोकथामका लागि सरकार तयारी अवस्थामा रहेको बताए। स्वास्थ्य सुरक्षा मापदण्ड पालना कडाइका साथ लागू गराइने उनको भनाइ छ । मन्त्री त्रिपाठीले कोरोनाको बढ्दो जोखिमप्रति सरकार सचेत छ तर दैनिक जनजीवन पनि सञ्चालन गर्नुपर्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गराइने पनि बताए ।