कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

चैत २८,सुर्खेत ।
कर्णाली प्रदेशमा एमालेका तीनजना मन्त्रीले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दिएको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरेका हुन् । मुख्यमन्त्रीसमक्ष आफ्नो पदबाट दिएको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेको मुख्यमन्त्री प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए ।  राजीनामा स्वीकृतपछि रिक्त रहेको आर्थिक मामिला तथा योजनामन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई,सामाजिक विकासमन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई तोकिएको प्रेस सल्लाहकार बुढाथोकीले जानकारी दिए ।

Translate »