बाँकेमा ७८ पिसिआर गर्दा ४१ जनामा कोभिड संक्रमण

चैत ३०,नेपालगञ्ज।
बाँकेमा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ७८ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए। बाँकेमा चैत यता तीब्र गतिमा कोरोना फैलिरहेको छ । चैत महिनामा मात्र हालसम्म १ सय ९६ जना संक्रमित भएका छन् । भेरी अस्पतालमा ५४ जना उपचाररत छन् । ती मध्ये २४ जना सिकिस्त छन् भने ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको ओलीले जानकारी दिए । नेपालगञ्ज नाका भएर भारतबाट आएका ११ जनामा कोरोना पुष्टि भइसकेको छ ।

Translate »