प्रेस युनियन सुर्खेतमा ईश्वरकुमार खड्का


स्काई न्यूज /चैत ३१, सुर्खेत ।
नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा ईश्वरकुमार खड्का सर्वसम्मत चयन भएका छन् । प्रेस युनियन सुर्खेतको नेतृत्व चयनका लागि मंगलबार वीरेन्द्रनगरमा भएको भेलाले खड्काको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, महिला उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिबमा मधुवन विसी, सह—सचिवमा चिन्तामणि कंडेल, सह—सचिवमा (महिला) मनिशा गुरुङ, कोषाध्यक्षमा भुपेन्द्र घर्ती तथा सदस्यहरुमा बुद्धिसिंह ठकुरी, सीपी कार्की, रमेश पाण्डे, मानबहादुर वली, मानबहादुर खडका, सुजन थापा, नवीन शाही चयन भएका छन् । भेलाले १९ सदस्यीय केन्द्रीय र प्रदेश पार्षद चयन गरेको छ भने ७/७ सदस्यीय केन्द्रीय र प्रदेश महिला पार्षद चयन गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व सभापतिहरु पीताम्बर ढकाल, चिरञ्जीवी अर्याल, मोति पौडेल, श्रीधर पौडेल, नेपाल प्रेस युनियन सुर्खेतका निवर्तमान अध्यक्ष नरेश थापा, पूर्व उपसभापति रमेश शाही र नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीलगायतले समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


Translate »