पूर्वराजा ज्ञानेन्द्रले भने– मेची महाकाली देश बचाउने हाम्रो पाली !

भारतबाटै यसरी दिए पूर्वराजाले नयाँ वर्षको शुभकामना

चैत ३१,काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आपसी भाँडभैलो र अनमेल अन्त्य हुनुपर्ने बताएका छन् । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन र एकता कायम गर्नु अहिलेको आवश्यकता रहेको शाहले बताएका छन् । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिँदै भनेका छन्, ‘टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्नेखालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ ।’ पितापूर्खाहरुले निर्माण गरेको नेपालको साझा फूलबारीलाई सबैले एकतावद्ध भएर जोगाउने पूर्व पूर्वराजाले बताएका छन् । उनले अब मेची महाकाली र देश बचाउने हाम्रो पालो आएको बताएका छन् । (रातो पाटी)

Translate »