आज कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

सरकार जोगाउने अन्तिम कसरत

स्काई न्यूज /बैशाख ३, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेशसभामा ठूलो दल नेकपा एमालेले नेकपा ९माओवादी केन्द्र० नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो । एमाले संसदीय दलको बैठकले यही चैत ५ गतेदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । सो समयसीमा शुक्रबार सकिँएसँगै प्रदेश सरकारका अब दिनगिन्ती शुरु भएका छन् । सत्ता टिकाई राख्न अल्पमतमा रहेका मुख्यमन्त्री शाहीले राजीनामा दिनु या विश्वासको मत लिनु बाहेक अर्को कुनै उपाय छैन् । यसअघि मुख्यमन्त्री शाहीले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को ९२० बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरि सकेका छन् । यता प्रदेशसभाको सातौं ९हिउँदे० अधिवेशन पनि शुक्रबारबाटै शुरु हुँदैछ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार शुक्रबार ९३ गते० बस्ने अधिवेशनको पहिलो बैठकमा सभा सञ्चालन नभएको अवस्थामा प्रदेश सरकारले ल्याएका अध्यादेश टेबुल हुने छन् । ती अध्यादेशमाथि छलफल हुनुका साथै सभामुखले मन्त्रीको कार्य विभाजनसम्बन्धी पत्र पढेर सुनाउने छन् । सचिव बुढाथोकीले शुक्रबार नै अविश्वासको प्रस्तावउपर टुङ्गो लाग्ने बताए । ‘संवैधानिक समयसीमाका कारण आजै मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि टुङ्गो लाग्नुपर्छ, मुख्यमन्त्रीले विश्वासको मत माग्ने र अन्य दलका नेताहरुले उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्नुहुन्छ’, उनले भने । नेताहरुले मन्तव्य राखिसकेपछि उक्त प्रस्तावमाथि मत विभाजन प्रक्रिया शुरु हुनेछ ।


मत दिन माओवादीको अपिल
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन् । ‘प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्वद्ध सदस्यज्यूहरुमा हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
‘मुख्यमन्त्रीले राजिनामा दिनुपर्छ’
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग स्पष्ट बहुमत नभएको हेक्का हुँदा पनि पदमै बसिरहनु गलत भएको नेपाल कम्युनिष्ट पार्टी एमालेका कर्णाली प्रदेश सचिव एवं पूर्व सांसद धर्मराज रेग्मीले बताएका छन् । माओवादी केन्द्रले सांसद पदबाट निलम्बन गरेपछि पहिलो पटक सार्वजनिक रुपमा धारणा सार्वजनिक गर्दै रेग्मीले विहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीसँग नैतिकता भए राजिनामा दिएर मार्ग प्रस्तत गर्न सुझाव दिए । ‘म सहित कर्णाली प्रदेश सभामा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसद १३ जना थियौं,’ रेग्मीले भने, ‘मलाई पदमुक्त गरिसके बाँकी १२ जना छन्, ३९ जना सांसदमा २० जना सांसद भए सरकार बन्छ, त्यसका लागि एमालेका २० जना छन् । यस्तो अवस्थामा मुख्यमन्त्री शाही अल्पमत छु भन्ने हेक्का रहँदा रहदै पदमा बस्नु राम्रो पक्ष हैन् ।’
मुख्यमन्त्री शाहीलाई साथ दिन्नौं
नेपाली कांग्रेस कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिन नसकिने स्पष्ट पारेको छ । नेपाली काँग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले माओवादीसँग अहिलेसम्म कुनै पनि छलफल र सहमति नभएको बताए । ‘हामीसँग छलफल भएर विश्वासको मत माओवादीलाई दिने सहमति भएको भन्ने कुरा निराधार र कपोलकल्पित हो,’ उनले भने, ‘बजारमा कांग्रेसलाई जोडेर माओवादीसँग १९ सांसद कसले पु¥याएको हो थाहा छैन ।’ उनले अहिले सत्ता सहकार्य कोसँग गर्ने भन्ने बारेमा दलले कुनै पनि निर्णय नगरेको स्पष्ट पारे । उता राप्रपाका सांसद शोशिला शाहीले पनि माओवादीसँग सत्ता सहकार्यका बारेमा कुनै वार्ता र छलफल नभएको बताएकी छिन् ।
अल्पमतमा प्रदेश सरकार
एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना मन्त्रीले राजीनामा दिएसँगै कर्णाली सरकार अल्पमतमा परेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा पत्र बुझाएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । गत फागुन २३ गते सर्वोच्च अदालतले पुरानै एमाले र माओवादीको एकता भंग गरी पुरानै हैसियतमा रहेको फैसला गरेपछि कर्णालीमा एमाले आफ्नो नेतृत्वको सरकार बनाउने प्रयास शुरु गरेको हो । एमालेका तीन मन्त्रीको राजीनामा पछि मुख्यमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने एमाले कर्णालीको भनाइ छ । एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले मुख्यमन्त्रीलाई राजीनामा दिन आफूहरुले आग्रह गरेको बताए । ‘कर्णालीमा एमालेको समर्थन र सहयोगबिना कुनै पनि सरकार बन्न सक्दैन,’ उनले भने, ‘अब एमालेको नेतृत्वमा सरकार बन्छ ।’ कर्णालीमा प्रदेश सभामा कुल ४० सदस्यीय थियो । कुनै दलको बहुमत पु¥याउन २१ जना आवश्यक पर्दछ । तर, हाल एक जना माओवादी सांसदको पद निलम्वन भईसकेको छ । त्यस कारण अब ३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ । शाहीलाई मुख्यमन्त्री टिकाउन ८ सांसद चाहिन्छन् ।

Translate »