सुर्खेतबाट धरानका लागि छुटेको बस कोहलपुर नजिक रोहिनी खोलामा दुर्घटना

चार जनाको मृत्यु, ३५ घाईते


स्काई न्यूज /बैशाख ३, बाँके ।
सुर्खेतबाट धरानका लागि छुटेको बस बाँकेको कोहलपुर रोहिनी खोला नजिक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कोहलपुर रोहिनी खोला नजिकै शुक्रबार साँझ बस र टिप्पर एक आपसमा ठोकिँदा ३ पुरुष सहित एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज क्षेत्रीका अनुसार सुर्खेतबाट छुटेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट टिप्पर एक आपसमा ठोकिँदा ३५ जना घाईते भएका छन् । घाइतेलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारको लागि पठाईएको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Translate »