दैलेखमा बस दुर्घटना २२ घाइते

स्काई न्यूज / बैशाख ५, दैलेख ।
दैलेखमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख सदरमुकामतर्फ आइरहेको हिल्सा यातायात प्रालिको ना ७ ख– ६९६३ नम्बर बस अनियन्त्रित भई आईतबार दिउँसो गुराँस गाउँपालिका–४, को गाईवान्नामा दुर्घटना भएको हो । घाईतेलाई उद्वर गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याईएको दैलेख प्रहरीका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । तीव्रगतिका कारण बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । दुर्घटनामा परेको बसमा २९ जना यात्रु सवार थिए ।

Translate »