सुर्खेतमा कोरोना संक्रमणबाट महिलाको मृत्यु


स्काई न्यूज / बैशाख ५, सुर्खेत ।
सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) सक्रंमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–९ की, ५८ वर्षीय महिलाको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो । कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले मृतक महिला कोरोना र दमका कारण गम्भिर विरामी रहेकाले उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।