घरमा आगलागी हुँदा एक जनाको मृत्यु

दिपक शर्मा /सल्यान । सल्यानमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका १० मदाना निवासी ३० वर्षीय राम बहादुर सुनारको सुती रहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मङ्गलवार राती करिब १० बजेको समयमा उज्यालोको रुपमा प्रयोग हुने सल्लाको दियालोबाट आगलागी हुँदा उनको मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनी घरमा एक्लै बसेकाले अन्य मानवीय क्षति नभएको उनको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए । रेडियो नेपाल